Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक लाख रुपैयाँसम्म जरिवाना

    निर्वाचन आयोगले भन्यो-‘चुनाव चिह्न भएको ज्याकेट, टी–सर्ट, टोपी नबाँड्नू’

    निर्वाचन आयोगले भन्यो-‘चुनाव चिह्न भएको ज्याकेट, टी–सर्ट, टोपी नबाँड्नू’

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ ।

    आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र आचारसंहितामा चुनाव चिह्न भएको कुनै प्रकारको पहिरन, लोगो, झोलालगायत साङ्केतिक सामग्री बाँड्न रोक लगाएको स्मरण गराउँदै त्यस्तो काम नगर्न भनेको हो ।



    कतिपय ठाउँमा चुनाव चिह्न भएको पहिरन बाँडेको जानकारी आएको भन्दै आयोगले त्यस्ता किसिमका वस्तुको वितरण तत्काल रोक्न भनेको छ ।
    निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने स्मरण गराएको छ ।



    ‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार