Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले टुंग्यायो वीरगञ्ज, भरतपुर र ललितपुरमा मेयरका उम्मेदवार

    एमालेले टुंग्यायो वीरगञ्ज, भरतपुर र ललितपुरमा मेयरका उम्मेदवार

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले आउँदो शनिवार महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

    बालकोटमा आज बिहीवार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भएको र यस विषयमा आउने बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।



    उनले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए । गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगञ्जबाट विजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको जानकारी दिए ।



    आजको बैठकमा स्थानीय तहका उम्मेदवार चयन र घोषणापत्रबारे छलफल भएको थियो। पार्टी स्थापना दिवसका अवसरमा शुक्रवार नै एमालेले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

    यस्तै, शुक्रवार भने च्यासलमा पार्टी कार्यालय उद्घाटन गर्ने एमालेले निर्णय गरेको छ । सचिवालयको अर्को बैठक शनिवार बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार