Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आईपीएल खेलमा सट्टेबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाह रहेका छन् ।

माेरङका डीएसपी दीपक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयद्वारा खटिएकाे प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे जानकारी दिए।

उनीहरूविरुद्ध मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077