Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

असन्तुष्ट कांग्रेसका नेताद्वारा भरतपुर महानगरका सभापतिको कार्यकक्षमा तालाबन्दी

चितवन । नेपाली कांग्रेसका नेताहरुले भरतपुर महानगरपालिकाको पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

भरतपुर महानगरपालिकाको मेयर नपाएपछि असन्तुष्ट नेताहरुले नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमाको सभापति राजेश्व खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध कार्यक्रम आयोजना गरेका थिए।

वक्ताहरुले भरतपुरको मेयर कांग्रेस पाउनुपर्ने अडान राखेका थिए। उनीहरुले केन्द्रीय नेताहरुको निर्णयमा आपत्ति जनाउँदै सच्याउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077