Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु

    दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 855
    SHARES

    फाइल : तस्बिर

    सप्तरी । जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत मलेकपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।



    गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार