Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

९ महिनामा १२ लाख ९३ हजार किलोग्राम चिज, कुरकुरे र लेज आयात, ५८ करोड बाहिरियो

काठमाडौं । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट नेपालमा ५८ करोड रुपैयाँको चिज, कुरकुरे र लेज आयात भएको छ ।

विभागले सार्वजनिक गरेको साउन–चैत महिनाको तथ्याङ्कले यी तीन वटा वस्तुको आयातमा ५८ करोड रुपैयाँ बाहिरिएको जनाएको हो ।

९ महिनामा १२ लाख ९३ हजार किलोग्राम चिज, कुरकुरे र लेज आयात भएको विभागले जानएको छ । यो वस्तु आयात गरेबापत आयातकर्ताले राज्यलाई ३६ करोड ६४ लाख रुपैयाँ भन्सार तिरेका छन् ।

नेपालमा विश्वका १२ देशबाट चिज, कुरकुरे र लेज भित्रिने गरेको छ । बंगलादेश, चीन, भारत, इण्डोनेशिया, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, जापान, अमेरिका र बेलायतबाट यी वस्तु आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077