Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित

एजेन्सी । इंङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आज शनिबार भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एकरएक गोल गरे ।

युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए ।

जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077