Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर फेला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेवारिसे अवस्थामा अमेरिकी डलर फेला परेको छ ।

विमानस्थलको डोमेस्टिक टर्मिनलमा भद्रपुरबाट आएको बुद्ध एयरको जहाजबाट १० हजार ८ सय डलर बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

पार्किङ गरिएको विमानमा फेला परेको १ सय दरका १ सय ८ थान डलर राजश्‍व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइएको छ ।

विमानमा एकजना चिनियाँ र एकजना अमेरिकन नागरिक सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077