Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देउवाको गृह जिल्लामा विपी काँग्रेस र एमालेबीच तालमेल

    देउवाको गृह जिल्लामा विपी काँग्रेस र एमालेबीच तालमेल

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । डडेल्धुराका ७ वटै पालिकामा नेकपा एमाले र कर्ण मल्ल पक्षीय विपी काँग्रेसबीच तालमेल गर्ने सहमती भएको छ ।

    पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।



    आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको छ।



    निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली काँग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेको बताइएको छ ।

    मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार