Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल, चेल्सी र बर्नली विजयी

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुल विजयी भएको छ ।

यो जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एकरएक गोल गरे ।

यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र बर्नली विजयी भएका छन् भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई गोलको बराबरी खेलेका छन् ।

चेल्सीले वेस्ट ह्यामलाई र बर्नलीले वुल्भ्स्लाई १–० गोल अन्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077