Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले काठमाडौंको दसवटै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगायो

    एमालेले काठमाडौंको दसवटै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगायो

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 942
    SHARES

    काठमाडौँ । नेकपा एमालेले काठमाडौंको दसवटै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ ।

    बागमती प्रदेश कमिटीको बैठकले कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



    ‍एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाका अनुसार कीर्तिपुर मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जन, गोकर्णेश्वर मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा, चन्द्रगिरी मेयरमा उत्तमकुमार राउत र उप मेयरमा बसन्ती श्रेष्ठ, टोखा मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोललाई उम्मेदवार बनाउने भएको छ ।



    यसैगरी तारकेश्वर मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भावानी डोटेल‚ दक्षिणकाली मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुन मेयरमा नन्दनहरी गौतम र उपमेयरमा सुशीला अधिकारी, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा, शंखरापुर मेयरमा कृष्ण बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार