Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मतपत्र ढुवानी आजबाट सुरु, पहिलो चरणमा कर्णाली प्रदेश पठाइने

    मतपत्र ढुवानी आजबाट सुरु, पहिलो चरणमा कर्णाली प्रदेश पठाइने

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने भएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो ।

    नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो । मतपत्र हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने आयोगले जनाएको छ ।



    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए ।



    उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार