Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ भने तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077