Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चारको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती हमला हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ।

पाकिस्तानको युनिभर्सिटी अफ कराँचीको परिसरभित्र भ्यानमा भएको शक्तिशाली बिस्फोटमा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र द डनले जनाएको छ।

युनिभर्सिटीको कन्फ्युसियस इन्स्टिच्युटबाहिर भएको बिस्फोटमा परी इन्स्टिच्युटका निर्देशक पनि मारिएका छन्।

पाकिस्तानी अधिकारीहरूले उक्त आत्मघाती हमला एक जना महिलाले गरेको हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077