Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वैंकिङ् कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

    वैंकिङ् कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । वैंकिङ् कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका ३४ बर्षीय राम कुमार राई रहेका छन् ।

    राईले पिडिलाई राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको चेक दिएका थिए । राईको खाताको प्रयाप्त रकम नभएको चेक बाउन्स भएपछि प्रतिवादी राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा २ दिन कैद र ११लाख २९ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।



    त्यसपछि २०६८ साल चैत्र २९ गतेदेखि फरार रहेका राईलाई मंगलबार पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार