Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : एमालेले दियो सबैभन्दा धेरै पदमा उम्मेदवारी

    स्थानीय तह निर्वाचन : एमालेले दियो सबैभन्दा धेरै पदमा उम्मेदवारी

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको छ ।

    निर्वाचन आयोगका अनुसार एमालेले ३३ हजार, नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका जानकारी दिएको छ ।



    नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।



    आयोगको विवरण अनुसार, नेकपा एमालेले ७५३ स्थनीय तहमध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छ भने १७ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।

    नेपली कांग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ । उसले १०७ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।

    यो निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार