Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाबाट उच्चस्तरीय भ्रमणको गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयको भनाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट उच्चस्तरीय भ्रमणको गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध कायम भएको ७५औं वर्षगाँठ मनाउँदै गर्दा द्विपक्षीय भ्रमण आदान प्रदान बढेको भन्दै परराष्ट्रले उच्चस्तरमै गराउन पहल भइरहेको जानकारी दिएको हो।

सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपालमा अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला परराष्ट्रले भ्रमणको गृहकार्य भइरहेको जनाएको छ।

अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगले १९ देखि २१ अप्रिलसम्म तीन दिने नेपाल भ्रमण गरेको, अप्रिल २२ बाट सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको ६ सदस्यीय अमेरिकी उच्चस्तरीय संसदीय टोलीले नेपाल भ्रमण गरेको उल्लेख गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन्, ‘हाइ लेभलमा गराउन गृहकार्य गरिरहेका छौं। तर अहिले नै भन्नैपर्ने खालको केही छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077