Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गभर्नर अधिकारीको मुद्धामा आज सुनुवाइ हुँदै

    गभर्नर अधिकारीको मुद्धामा आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुँदैछ । बिहीबार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो ।

    न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण हिजोका लागि तय भएको थियो । हिजो सरकारी पक्षका वकिलहरु बसह गरेका भएपनि नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।



    गभर्नर अधिकारीले बिनाजानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।



    समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार