Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : बराबरीमा रोकिए म्यानचेस्टर र चेल्सी

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा काइ हार्भटेजको पासमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

तर, त्यसको दुई मिनेट नबित्दै घरेलु टोलीका लागि क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल १-१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सी अंकतालकिकाको तेस्रो स्थानमा छ भने ३५ खेलबाट ५५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077