Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपाको घोषणा पत्र : सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ ।

शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था गरिएको छ।

तराईका जिल्लाहरूमा लोसपाको मुख्य प्रतिस्पर्धी दल जनता समाजवादी पार्टीमाथि उसले कडा टिप्पणी गरेको छ । उसले जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रुपमा चित्रण गरेको छ ।

कांग्रेसलाई ठूलो पार्टी सानो काममा अल्झिएको जनाएको छ । लोसपाले कांग्रेसलाई नाम ठूलो र काम सानो भएको टिप्पणी गरेको छ ।

यस्तै, कम्युनिस्ट पार्टीहरूलाई विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको लोसपाको टिप्पणी छ । कम्युनिस्ट पार्टीहरूले राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि आफ्नो औचित्य सावित गर्न नसकेको उसको टिप्पणी छ ।

लोसपाले घोषणापत्रमार्फत् अन्य राजनीतिक दलहरूमाथि समीक्षा तथा टिप्पणी गरेको छ । जहाँ लोसपाले कम्युनिस्ट पार्टीहरूमाथि विचारशून्य र नेतृत्वविहीन भन्दै टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077