Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • निर्वाचन आयोगले भन्यो-उम्मेदवारी फिर्ता गराउन धाक धम्की दिने कार्य नगर्नु

    निर्वाचन आयोगले भन्यो-उम्मेदवारी फिर्ता गराउन धाक धम्की दिने कार्य नगर्नु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 954
    SHARES

    फाइल फोटो

    काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ ।

    आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुन विपरीत भएको बताएको छ ।



    विज्ञप्तिमा लेखिएको छ स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।



    यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार