Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआइजी बढुवाका लागि सशस्त्र प्रहरी बलले निकाल्यो सूचना

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनको लागि सूचना प्रकाशित गरेको छ ।

सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको निर्णय अनुसार पाँच दिने सूचना प्रकाशित गरेको हुन्। सशस्त्र प्रहरी बलमा १९ बैशाखपछि रिक्त हुने एआइजीका दुई पदमा बढुवा प्रक्रिया अघि बढाइएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै एआइजी बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विवरण पेश आह्वान गरिएको छ ।

एआइजीका दुई पद सशस्त्रमा रिक्त हुँदैछन् । त्यसमा तीन एआइजीबीच प्रतिस्पर्धा हुने भएको छ । नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

यसअघि एक पद रिक्त हुँदा पनि उनीहरुले दाबेदारी पेश गरेका थिए । जसमा राजु अर्याल बढुवा भएपछि उनी आइजिपी हुने पक्का भएको स्रोत बताउँछ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077