Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग, पोखरेल र थापा अदालत जाने

    आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग, पोखरेल र थापा अदालत जाने

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिएको छ ।



    नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् ।



    बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।

    रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरीयताका सहकुलबहादुर थापाले अदालतको ढोका ढकढ्याकाउने बताइसकेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार