Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एकीकृत समाजवादी सल्यानका उपाध्यक्ष र दैलेखमा उपसचिव एमाले प्रवेश

    एकीकृत समाजवादी सल्यानका उपाध्यक्ष र दैलेखमा उपसचिव एमाले प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    सुर्खेत । नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् ।



    दैलेखमा छामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।



    नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार