Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यू–१९ महिला विश्वकप छनोट खेलका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले सोमवार खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

टोलीमा किरण कुँवर, सोनु राजवंशी, टिका शाह, श्रृष्टि धामी, सावित्री धामी, एलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विके, हिरणमाई राय, एलिशा खडिया, कृतिका मरासनी, मिनिशा उपाध्याय, स्नेहा महरा, निसा शाह, मिनिशा राना मगर, प्रतिमा शाह, ज्योतनिस्का मरासनी र मनिशा चौधरी रहेका छन्।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077