Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इदले इस्लाम समुदायको मौलिक संस्कृति र संवर्द्धन गर्न टेवा पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

इदका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेकी छन् ।

यस्ता पर्वले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

‘इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ,’ सन्देशमा भनिएको छ, ‘इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077