Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय तह निर्वाचनका लागि आजबाट सबै मतपत्र छपाइ सकिने

काठमाडौं । जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो।

केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ।

हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो। मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ।

आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077