Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वाइडबडी जहाजमा वाइफाइ राख्दै नेपाल एयरलाइन्स

काठमाडौं ।नेपाल एयरलाइन्सले आफ्ना वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नीति ल्याएसँगै निगमले दुई वटा वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको हो ।

वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ

अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल चार वटा जहाज छन् । जसमा दुई वाइडबडी र दुई न्यारोबडी जहाज छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077