Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा बम राखेको हल्लापछि आन्तरिक उडानका यात्रु बाहिर निकालियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको हल्लापछि यात्रुहरूलाई बाहिर निकालिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसनमा लागेको बताए ।

उनका अनुसार आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।

अज्ञात व्यक्तिले विमानस्थलका ड्यूटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077