Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी बढुवाका विषयमा परेको मुद्दा हेर्दा हेर्दैमा

    आईजीपी बढुवाका विषयमा परेको मुद्दा हेर्दा हेर्दैमा

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

    बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।



    एआईजीपी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियरलाई आईजी बनाएको भन्दै दायर गरेको रिटमाथि सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो।



    आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी धिरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आईजीपीको दर्ज्यानी चिन्ह लगाएर कार्यभार थालिसकेका छन् ।

    पोखरेल २०७७ मंसिरमा एआईजीमा बढुवा भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेलपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गरेको थियो ।

    त्यसको ९ महिनापछि बसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई देउवा सरकारले बढुवा गरेको थियो । पन्तले भने अबकाश पाइसकेका छन्।

    सिंहसहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डीआईजीहरु पनि अदालत गएका थिए। सर्वोच्च अदालतमा सिंह एआईजीमा नियुक्तिको विषय पनि विचाराधीन छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार