Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन आयोगलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पालिका चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् ।

बुधबार राष्ट्रिपति भवनमा भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेकी हुन् ।

पालिका चुनावका लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक, अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन चनाखो रहनुपर्ने उनले बताइन् ।

राजनीतिक दल र उम्मेदवारलाई जसरी पनि आफूले चुनाव जित्नुपर्छ भन्ने भावना भए पनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत सङ्कलन गरेर निष्पक्षताको प्रत्याभूति दिनुपर्नेमा भण्डारीको जोड छ ।

यस्तै छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको तयारीका सबै काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077