काठमाडौं । प्यूठानको सरूमारानी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले संयुक्त कार्यक्रम सञ्चालन गरिरहेको स्थानमा एमाले कार्यकर्ताहरूले अभद्र व्यवहार गरेपछि दुई समूहबीच झडप भएको हो ।
झडपमा परी गठवन्धनका नौ जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापाले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिँदै छ ।