Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी, कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं । मोरङमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ ।

जिल्लाको बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवार गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । घरमै पार्किङ गरेर राखेको कारमा गएराति २ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका छन्। उनी नेपाली कांग्रेसनिकट रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077