Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।

बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077