Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ : सिर्जना सिंह

    कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ : सिर्जना सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौंको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श गरेर अघि बढ्ने बताएकी छन् ।

    आफू प्रतिनिधि पात्र मात्रै भएकाले महानगरका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल र परामर्श गर्ने उनले बताइन् ।



    सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी छिन् ।



    शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् । ‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

    उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार