Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विवादास्पद अभिव्यक्ति दिएपछि आरजूविरुद्ध निर्वाचन आयोगमा उजुरी

    विवादास्पद अभिव्यक्ति दिएपछि आरजूविरुद्ध निर्वाचन आयोगमा उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाविरुद्ध हरिश प्रसाद अवस्थी नामगरेका मतदाताले आयोगमा उजुरी दिएका हुन् ।

    उनले आरजूले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनि दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ।



    नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको अवस्थीको आरोप छ । राणाले डडेल्धुरामा पुगेर विवादास्पद अभिव्यक्ति दिएकी छन् ।



    ‘कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ ?,’देउवा पत्नीले भनिन्,’त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार