Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमाले र माओवादीले प्रचारमा प्रयोग गरेका दुई वटा गाडीमा आगजनी

काठमाडौं । सुर्खेतमा रोकिराखेका दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकिराखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन् ।

जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो ।

प्रहरीले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077