Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको एमालेले मधेशमा भ्रम छरिरहेको छ : प्रचण्ड

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेर मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।

धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको आरोप लगाएका उनले भने–‘आउने निर्वाचन खाली एउटा सामान्य निर्वाचन होइन, जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं हो ।’

धनुषामा आज आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए ।

अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे । उनले भने–‘अहिले त्यही पार्टी जनतामा भ्रम दिने षड्यन्त्र गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077