Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको रामबहादुर थापाको आरोप

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको आरोप लगाएका छन् ।

चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र सिद्धान्तबाट च्युत भएको आरोप पनि लगाए।

‘अस्ति माओवादी केन्द्रकी उम्मेदवारले गठबन्धनको टेलर मात्रै फिल्म देखाउन बाँकी भनेर भनिन् । नेकपा माओवादी केन्द्रले प्रहसन देखाइरहेको छ । माओवादीले दुखान्त नाटक देखाउने छ’ थापाले भने, ‘माओवादी पतनतर्फ गएको छ । विचार र सिद्धान्तबाट च्युत भएको छ ।ु

सभालाई सम्बोधन गर्दै नेता थापाले माओवादी केन्द्रको भ्रमबाट मुक्त हुन आह्वान समेत गरेका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077