Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चितवनमा अज्ञात समूहको छुरा प्रहारबाट कांग्रेस नेता कानको हत्या

चितवन । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या  गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको मृत्यु भएको छ ।

भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञात समूहले आज साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याइए पनि उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको प्रहरीको भनाइ छ।   समाचार तयार पार्दा सम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

कान नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुँदै नेपाली कांग्रेस, बागमती  प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका थिए। कान गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय काटेर रिहा भएका थिए।

(समाचारमा यसअघि असाबधानीबस एमाले कार्यकर्ताको छुरा प्रहारबाट कानको हत्या उल्लेख भएकोमा भुल सुधार गरेर अज्ञात समूह भनी सच्चाइएको छ ।)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077