Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्ली क्यापिटल्समाथि चेन्नई सुपर किंग्सको शानदार जीत

काठमाडौं।  दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै चेन्नई सुपर किंग्स आईपीएल २०२२ मा जित हासिल गरेको छ ।

योसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो ।

जवाफमा दिल्लीको सम्पूर्ण टोली १७।४ ओभरमा ११७ रन बनाएर आउट भयो ।

दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए ।

चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077