Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ भन्दै केशव स्थापितले भने–क्षमा पाऊँ

    मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ भन्दै केशव स्थापितले भने–क्षमा पाऊँ

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज काठमाडौंमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् ।

    प्रचारप्रसारका क्रममा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेको पनि बताए । कार्यक्रममा माफी माग्दै उनले भने–‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्‍यौं । अझ जिउ फुलाएर देखायौं । नदेखाए त हेप्छ नि १ मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’



    ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ भने माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने पनि माफ पाउँ ।’ उनले माफी माग्दै भने । उनले कार्यक्रममा पटकपटक माफी मागेका थिए ।



    स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलालाई ‘पागल’ को संज्ञा दिएका थिए भने चुनाव प्रचारको क्रममा पनि उनलेले विवादित अभिव्यक्ति दिएका थिए । उनले निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले २ पटक स्पष्टीकरण समेत सोधेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार