Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • केशव स्थापितले लिए पार्टीको जिम्मेवारीबाट बिदा

    केशव स्थापितले लिए पार्टीको जिम्मेवारीबाट बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् ।

    सोमबार बसेको सचिवालय बैठकले उनीहरूलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।



    २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए । स्थापितसहित सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट हटाइएको छ ।



    उनीहरुको स्थानमा एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार