Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचन आयोगले केशव स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले केशव स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।



    ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिनवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।



    एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी शाहलाई ;अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए । यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार