Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • स्थापितलाई मेयरको उम्मेदवार बनाउनु नेतृत्वको भुल भयो : योगेश भट्टराई

    स्थापितलाई मेयरको उम्मेदवार बनाउनु नेतृत्वको भुल भयो : योगेश भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन पछि सबैको ध्यान तानेको स्थानीय तह हो काठमाडौं महानगरपालिका । त्यसमाथि मतगणना शुरु भएदेखि त झन अन्य स्थानीय तहका उम्मेदवारहरुको ध्यान पनि काठमाडौंतिरै छ ।

    काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहाले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सृजना सिंह दुर्बको भन्दा पनि बढी मत ल्याएर लिड गरिरहेका छन् । त्यसैले भने सबैको ध्यान काठमाडौंतिर सोझिएको हो ।



    अहिलेकै अवस्था हेर्ने हो भने गठबन्धन र एमालेले काठमाडौंमा हार्ने पक्का जस्तै छ । त्यसैले नेकपा एमालेभित्र द्वन्द्व शुरु भइसकेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले त केशव स्थापितमाथि विश्वास गर्नु नै नेतृत्वको भुल भएको प्रतिकृया दिइसकेका छन् ।



    एक अनलाईन सञ्चामाध्यमसँग कुरा गर्दै एमाले सचिव एवम् पूर्व मन्त्री भट्टराईले भनेका छन्–‘एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि।’

    काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा ठूला भनिएका दलहरूले अब गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको पनि उनले बताएका छन्।

    भट्टराईले भनेका छन्–‘बालेन शाहले जुन मत ल्याइरहनुभएको छ, हामीले नचिताएको हो। यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलहरूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने थाहा हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार