Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुटवलको मिलनचोकमा बम बिस्फोट, २९ गते नेपाल बन्दको आह्वान

    बुटवलको मिलनचोकमा बम बिस्फोट, २९ गते नेपाल बन्दको आह्वान

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    बुटवल । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्।



    स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ।



    बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको कसीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार