Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनको दोनेत्स्कमा शक्तिशाली विस्फोट हुँदा १३ जनाको मृत्यु

    युक्रेनको दोनेत्स्कमा शक्तिशाली विस्फोट हुँदा १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 687
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पूर्वी युक्रेनको दोनेत्स्क सहरमा भएका श्रृङ्खलाबद्ध शक्तिशाली विस्फोटनका कारण कम्तीमा १३ जना मानिसको मृत्यु भएको छ ।

    पृथकतावादीहरूको नियन्त्रणमा रहेको यस सहरका मेयर एलेक्सेइ कुलेम्जिनले प्रत्याक्रमणको रूपमा युक्रेनी पक्षबाट भएको गोलाबारुद प्रहारका कारण उनीहरूको ज्यान गएको आरोप लगाएका छन् ।



    युक्रेनी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०१४ देखि दोनेत्स्क रुसका वैकल्पिक अधिकारीहरूको नियन्त्रणमा रहँदै आएको छ ।



    उनीहरूले पटकपटक युक्रेनी फौजलाई सहरमाथि आक्रमणको तारो बनाउँदै आएको आरोप लगाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार