Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा बम विस्फोट गराएका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

    भारतमा बम विस्फोट गराएका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ ।

    गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।



    विस्फोट गराएको आरोपमा झण्डै ८० जना आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००८ को २६ जुलाईमा भएका विस्फोटमा ५६ जनाको ज्यान गएको थियो ।



    ७० मिनेटको फरकमा भएका २१ ओटा विस्फोटका घटनामा २ सय जना भन्दा धेरै घाइते भएका थिए । घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार