Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचनको पूर्वसन्ध्यामा मुगुमा ११ राउण्ड हवाई फायर

    निर्वाचनको पूर्वसन्ध्यामा मुगुमा ११ राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    मुगु । स्थानीय तहको निर्वाचनको एक दिन मात्र बाँकी हुँदा मुगुमा हवाई फायर भएको छ । मुगुको सोरु गाउँपालिका–३ भिइ गाउँमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ।

    विवादले उग्ररुप लिन थालेपछि प्रहरीले भिड नियन्त्रण गर्न ११ राउण्ड हवाई फायर गरेको छ। कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था देखिएको थियो । तर, प्रहरीले हवाइ फायर गरेर भीडलाई तितरवितर बनाएको छ ।



    सोरु गाँउपालिका–३ मा बुधबार राति ११ बजे कांग्रेसका कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरेका थिए ।



    दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि भिड नियन्त्रण लिन गरु माबि मतदान केन्द्रमा खटिएका प्रहरीले हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार माओवादीबाट वडाध्यक्ष उम्मेदवार रोकायाको घरलाई कांग्रेस कार्यकर्ताले घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले फायर गरेर भिड नियन्त्रणमा लिएको हो।

    हवाई फायरपछि भिड तितरवितर भए पनि पुनः दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार