Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्लाहीको धनकौलमा र धनुषाको शहीदनगरमा हवाइ फायर

    सर्लाहीको धनकौलमा र धनुषाको शहीदनगरमा हवाइ फायर

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सर्लाहीको धनकौल गाउँपालिका र धनुषाको शहीदनगरमा झडप भएको छ । सर्लाहीको धनकौलमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर–२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।



    यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई यहाँ तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए ।



    धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।

    यता, धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

    विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार